आफूरित्तिएर पनि तिम्रै अभाव सुल्झाइरहेँ
तिमीलाई खुसी दिनु यो मनलाई कजाइरहेँ
बिहानीको उषाकिरण तिमीलाई दाइजो दिएँ
हुरीझरी बादल जति आफ्नो निम्ति साँचेँ
गोधुली साँझ अनि चाँदनी रात तिमीलाई
सुनसान अन्धकार औँसीको रात मलाई ।
बिहिबार २५ सेप्टेम्बर ०८
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼