संगीत:-दिनेश सुब्बा
मधुमास यो यौवनको बेरङ्गीन उजाड भो
आशा र अभिलासा यौवनको अधुरो रहिरह्यो
इच्छा अनि अकांक्षा भित्र मनमा रै रह्यो
हाँसो र खुशी सबै यो आँशुबनी बगी नै रह्यो
सुन्दर संसार यौवनको परिकल्पना मात्र भो
आशा र अभिलासा .................
प्रीतको मुना हुरीले टाढा कतै उडायो
छोपिरहें यो छाती तर मुटु कसरी चुँड्यो
टुक्रियो सपना यौवनको यो मनमा उदास भो
आशा र अभिलासा .................
रचना समय:- २२÷०४÷०८
मधुमास यो यौवनको बेरङ्गीन उजाड भो
आशा र अभिलासा यौवनको अधुरो रहिरह्योइच्छा अनि अकांक्षा भित्र मनमा रै रह्यो
हाँसो र खुशी सबै यो आँशुबनी बगी नै रह्यो
सुन्दर संसार यौवनको परिकल्पना मात्र भो
आशा र अभिलासा .................
प्रीतको मुना हुरीले टाढा कतै उडायो
छोपिरहें यो छाती तर मुटु कसरी चुँड्यो
टुक्रियो सपना यौवनको यो मनमा उदास भो
आशा र अभिलासा .................
रचना समय:- २२÷०४÷०८
गीत–२
संगीत:- दिनेश सुब्बा, स्वर:- सुशीला थुलुङ्ग
अजम्बरी माया तिमीलाई दिइरहुँ लाग्छ ।
तिम्रै वरीपरी हरपल बसीरहुँ लाग्छ ।
आँखा भरी छौ तिमी भावनामा तिमी
मेरो हर धड्कनमा बहीदिन्छौ तिमी
उषाको त्यो किरणसँगै तिमीलाई देखँ लाग्छ
तिम्रै बहुपासमा हरपल बसीरहुँ लाग्छ ।
अजम्बरी माँयाँ .............
साथै काटौं यो जुनी अर्को जुनी पनि
तिमी जस्तो साथी पाउनु सारै भाग्यमानी
गोधुलीको साँझ्मा पनि तिमीलाई भेटुँ लाग्छ
तिम्रै वरीपरी हरपल बसीरहुँ लाग्छ ।
अजम्बरी माँया .............
रचना समयः– २२ ÷०४÷ ००८
संगीत:- दिनेश सुब्बा, स्वर:- सुशीला थुलुङ्ग
तिम्रै वरीपरी हरपल बसीरहुँ लाग्छ ।
आँखा भरी छौ तिमी भावनामा तिमी
मेरो हर धड्कनमा बहीदिन्छौ तिमी
उषाको त्यो किरणसँगै तिमीलाई देखँ लाग्छ
तिम्रै बहुपासमा हरपल बसीरहुँ लाग्छ ।
अजम्बरी माँयाँ .............
साथै काटौं यो जुनी अर्को जुनी पनि
तिमी जस्तो साथी पाउनु सारै भाग्यमानी
गोधुलीको साँझ्मा पनि तिमीलाई भेटुँ लाग्छ
तिम्रै वरीपरी हरपल बसीरहुँ लाग्छ ।
अजम्बरी माँया .............
रचना समयः– २२ ÷०४÷ ००८
छाती भित्र तिमीलाई खोज्छु बिरानीमा
बस्या रैछ माया कैले तिमी इमानीमा ।
कति मीठा शब्द वोल्थ्यो तिमी मुस्काउँदै
सर्माउँथ्यौ घरी चन्द्र मुहार लुकाउँदै
खोजिहिँडे कराउँदै खोली किनारीमा
पीर ब्यथा पोख्ने कोही छैन चिनारीमा ।
आउँछ सुबास मगमग मन्द बतासमा
छौ कि कतै फैलिएको खुल्ला आकाशमा
मालती झै फुल्यौ होला घर आगनीमा
हेर्ने गर्छु तिम्रो तस्बीर राखि सिरानीमा ।
रचना काल:- २२÷०४÷००८

