तिम्रो नाउँ लेख्याछु हृदयको गेटैमा ।
रैछौ चञ्चले
मेरो माया मेची अञ्चले । १ ।
नजरले तानेर पिरतीले बानेर
मुटु भित्र राख्याछु हजारौमा छानेर ।
खोज्दा भेटियो
जिन्दगीको प्यास मेटियो । २ ।
झुल्के घाम डाँडामा पूर्बदिशा हेरन
बुट्टे चोली फरिया पटुकी नि बेरन ।
कस्तो सुहाको
शिरमा खुल्यो फूल चुवाको । ३ ।
रचना कालः– २८ मे २०१०
गमक गेडी– १
१
रैछ माया मोहनी तिम्रो मीठो बोलीमा
लैजाम क्यारे साथैमा सजाएर डोलीमा
काँ हो मरन
आँशु झारी नाइँ नभन ।
२
फुर्का धागो किन्याछु तिम्रैनिम्ति भनेर
छन्छन् पैसा तिर्याछु सुका आना गनेर
सिमल भुवाको
कोरिबाटी औधि सुहाको ।
३
चौबन्दिको तुनामा बिनायो छ सजेको
पर्खाले नै सृजेको चिनो बाजे बजेको
रुन्छ चोटैमा
रिटिुङ्ग रिटिुङ्ग लाली ओठैमा ।
रचना काल:- २४ मे २०१०

