बादलका थूङ्गाहरुसँगै
कावा खाने यो मन
बिदेशी भूमिका
अत्यस लाग्दा खोचहरुमा
अलस तलस
तातो हावा खानु परेको छ
शिशिरको घाम झैं पारिलो मन
चैतमासे उराठिला पलहरु सहनु परेको छ
डाँफे, मुनालसँग दोहोरी गाउँने मन
न्याहुली चरीसंगै
बिरह गाउँन थालेको छ
पाखा पखेरु
भञ्ज्याङ्ग चौतारीहरुमा नाच्दै हिँडने मन
घरदेश सझी
अब त सुस्ताउन थालेको छ
झरना छाँगासँग मितेरी लगाउँने मन
क्षितिज पारिको जूनलाई
एकाकार निहाल्न थालेको छ
आफ्नै गाउँ बेंसीमा रमाउने मन
बिरानो परदेश भोग्दै
एकान्तमा सुक्कसुक्क रुन थालेको छ ।।
रचना समय:०२ नोबेम्बर ०८
कावा खाने यो मन
बिदेशी भूमिका
अत्यस लाग्दा खोचहरुमा
अलस तलस
तातो हावा खानु परेको छ
शिशिरको घाम झैं पारिलो मन
चैतमासे उराठिला पलहरु सहनु परेको छ
डाँफे, मुनालसँग दोहोरी गाउँने मन
न्याहुली चरीसंगै
बिरह गाउँन थालेको छ
पाखा पखेरु
भञ्ज्याङ्ग चौतारीहरुमा नाच्दै हिँडने मन
घरदेश सझी
अब त सुस्ताउन थालेको छ
झरना छाँगासँग मितेरी लगाउँने मन
क्षितिज पारिको जूनलाई
एकाकार निहाल्न थालेको छ
आफ्नै गाउँ बेंसीमा रमाउने मन
बिरानो परदेश भोग्दै
एकान्तमा सुक्कसुक्क रुन थालेको छ ।।
रचना समय:०२ नोबेम्बर ०८
मायाँ दियौ र म जीएँ
साथ दियौ र संसार चिने
भन त
के गल्ती थियो मेरो ?
पीडा दियौ र आँशु पिएँ
छाडिगयौ सम्झनाका खातहरु
भोग्दै छु असैह्य घातहरु
आलै छन् तिम्रा स्पर्सका टाटाहरु
सभ्झनाले उप्काइ दिन्छन् बसेका ती खाटाहरु
देखाउँदै थियौ
जीवनका सुनौला बाटाहरु
तर
पल्टाइ दियौ अर्कै पाटाहरु
किन देखाउनु उज्वल भविश्यका आशाहरु ?
आखिर भोगायौ अन्धकार औँसीका रातहरु
आखिर किन ??
तिमी थियौ र म थिएँ
मायाँ दियौ र म जीएँ
साथ दियौ र संसार चिने
भन त
के गल्ती थियो मेरो ?
पीडा दियौ र आँशु पिएँ
अज म
हिँड्दै छु चर्किएको आशाहरु बोकि
म भित्रको म दुखीरहँदा
छाती ठोकीठोकी रुने गर्छु
अनि धिक्कार्छु तिम्रो स्वार्थी साथलाई
अचेल देख्न थालेकोछु
दिनैमा सपना
होऽऽ हो
आधा मरेको जिन्दगी
बाँच्न पनि त आधै बाँचेको छु
देख्छु आफ्नो चर्केको छाँया
अनि
आतालिन्छु कोकोहोलो एकान्तमा
तिमी थियौ र म थिएँ
मायाँ दियौ र म जीएँ
साथ दियौ र संसार चिने
भन त
के गल्ती थियो मेरो ?
पीडा दियौ र आँशु पिएँ
रचना समय: २८ जनवरी ००९
मेरो प्यारो गाउँ
म बसाइँ सरेको होइन
पुर्खाले सृजेको भूमि
खोला नाला
बनजङ्गल
भञ्ज्याङ्ग चौतारी र द्यौरालीहरु
अनि
बरपीपलका शीत्तल ती छहारी
यी सपै/सपै बिर्सेर
मेरो प्यारो गाँऊ
म बसाइँ सरेको होइन
त्यहीँको हावापानी
फलफुल, अन्न, कन्दमुल खाएर
खेतबारीका गह्राहरुमा
रचने, फुर्के र कथुरे भन्दै
मेलापात गरेको
देउसी भैली
अनि
उद्यौली उभौली साकेलामा शीली नाचेको बिर्सेको छैन
मेरा पितृहरु साँक्षी छन्
अझै पनि म भन्दैछु तिमीलाई
मेरो प्यारो गाऊँ
म बसाइँ सरेको होइन
बनपाखामा मृग मृगिनीहरुको लस्कर
कालिज र लैचेको बथान
चिर्बिर/चिर्बिर चराहरु
रङ्गीबिरङ्गी पुतलीहरु
इन्द्रेणी हेर्दै नृत्यमा मस्त ती मयूरहरु
अनि
सेताम्य फुलेका ती चाँप चिमल
रक्ताम्य फुलेका लालीगुराँस
भीर पाखामा फुलेका सुनाखरी
सुनगाभा
सयपत्री,मखमली,बेली र चमेली
यस्तै/यस्तै ..........
लाग्छ त्यो मेरो गाउँ स्वर्गकै एक टुक्रा हो
सुन्दर त्यो भूमिलाई बिर्सेर
मेरो प्यारो गाउँ
म बसाइँ सरेको होइन
समयको हुरीले
हुत्याएर प्रबासी बनायो
हरेक हण्डर खेप्दै परदेशी जीवन बिताइरहेछु
समयले निकै टाढा पुर्याएछ.........
ऐना हेर्दा पो थाह पाएँ !...............
अनुहार चाउरी पर्दै
निधारमा मेरै देशको नक्शा कोरिएछ
अनि
गालामा नापीले चटकै छुट्याए झैँ
म जन्मेको घुर्यान र करेसाबारी
आफ्नो जन्मभूमिलाई बिर्सेर
मेरो प्यारो गाँउँ
म बसाइ सरेको होइन ।
२५ जूलाइ ००९
म बसाइँ सरेको होइन
पुर्खाले सृजेको भूमि
खोला नाला
बनजङ्गल
भञ्ज्याङ्ग चौतारी र द्यौरालीहरु
अनि
बरपीपलका शीत्तल ती छहारी
यी सपै/सपै बिर्सेर
मेरो प्यारो गाँऊ
म बसाइँ सरेको होइन
त्यहीँको हावापानी
फलफुल, अन्न, कन्दमुल खाएर
खेतबारीका गह्राहरुमा
रचने, फुर्के र कथुरे भन्दै
मेलापात गरेको
देउसी भैली
अनि
उद्यौली उभौली साकेलामा शीली नाचेको बिर्सेको छैन
मेरा पितृहरु साँक्षी छन्
अझै पनि म भन्दैछु तिमीलाई
मेरो प्यारो गाऊँ
म बसाइँ सरेको होइन
बनपाखामा मृग मृगिनीहरुको लस्कर
कालिज र लैचेको बथान
चिर्बिर/चिर्बिर चराहरु
रङ्गीबिरङ्गी पुतलीहरु
इन्द्रेणी हेर्दै नृत्यमा मस्त ती मयूरहरु
अनि
सेताम्य फुलेका ती चाँप चिमल
रक्ताम्य फुलेका लालीगुराँस
भीर पाखामा फुलेका सुनाखरी
सुनगाभा
सयपत्री,मखमली,बेली र चमेली
यस्तै/यस्तै ..........
लाग्छ त्यो मेरो गाउँ स्वर्गकै एक टुक्रा हो
सुन्दर त्यो भूमिलाई बिर्सेर
मेरो प्यारो गाउँ
म बसाइँ सरेको होइन
समयको हुरीले
हुत्याएर प्रबासी बनायो
हरेक हण्डर खेप्दै परदेशी जीवन बिताइरहेछु
समयले निकै टाढा पुर्याएछ.........
ऐना हेर्दा पो थाह पाएँ !...............
अनुहार चाउरी पर्दै
निधारमा मेरै देशको नक्शा कोरिएछ
अनि
गालामा नापीले चटकै छुट्याए झैँ
म जन्मेको घुर्यान र करेसाबारी
आफ्नो जन्मभूमिलाई बिर्सेर
मेरो प्यारो गाँउँ
म बसाइ सरेको होइन ।
२५ जूलाइ ००९
देशका ढोङ्गी सासकहरु हो !!!
घमण्डि ,स्वार्थी ,बैगुनी कति दिन गर्छौ लुछा चुडि
नेपाल आमाको लाम्टो छिनिसक्यो घिन लाग्नु पर्ने
कति घिन छैन
लाज लाग्नु पर्ने
कति लाज छैन
मानब रुप लिएर जन्मेका दानबहरु हो
पछाडि फर्केर हेर्ने गर देखासेखी गर्ने गर
अरुले अफनी आमालाई कसरी स्याहर्छन्
यदी सक्दैनौ दिन सम्मान भने अपमान किन गर्छौ हँ ?
आमाको अस्मिता माथि प्रश्नचिन्ह खडा हुँदैछ
कैले काला पानी भएर
कैले नाला पानी भएर
टनकपूर भएर
त कैले इलाम
कैले सुस्ता हुदै
आमालाई बलात्कार प्रयासका घट्नाहरु अनगिन्ती छन्
बलात्कारीलाई लुकाउछौ
अझ ऊसँग माफी माग्छौ
हामीले झूठा सुनिउँ
गल्ती देखिउँ भनेर
ए बेकम्मा सासकहरु हो ........
एकै आमाका सन्तानहरु
रगत भिन्दै छ भनी आफ्नै रगतले किन होली खेलि रहेछौ ?
लोभीपापी सन्तन हुनु भन्दा निसन्तानै सही
राजनीतिको नाउँमा
अपहरण
बलात्कार
हत्या हिँसा
घुसखोरी , चोरी
आखिर कासको अपहरण भयो ?
कसको ज्यान गयो ?
कसको सिन्दूर पुछियो ?
को टुहुरा टुहुरी भए ?
कसको समपत्ति चोरी भो ?
आखिर
आफनै दाजु भाइ, दिदी बहिनी माथि सत्रुता ?
थुइक्क धर्तीलाई भारहरु हो
तिमीहरुको कूकृत्य देखेर सगरमाथाले शिर झुकाउन परेको छ
तिमीहरुको अनुहार देखेर
हाम्रो उच्च स्वाभिमानमा आँच आउन थालेको छ
सबै हिमालहरु
तिमीहरुको देश प्रेम देखेर हिउँ बर्साउन भुलिसकेका छन।
तिम्रा कुकिर्त्यले सुन्दर शान्त हिमालहरु आफ्नो लालित्य पोख्न छाडि
ठिङ्ग उभिएको निस्सार चट्टान रहनेछन
हिमनदीहरुको गड्गडाहट झरनाका झंकारहरु सुकेर खाली बगर रहनेछन
बिनामानब मरुभूमि हुनबाट जोगाउन समयमा बिचार नगरे
न तिमीहरु रहन्छौ न अरु कोही
बोट नहरे फल कसरी लाग्छ
रहेपनि बिना अस्तित्वको
आमा बिनाको टुहुरा सन्तान हुने छौँ
बिनाशकारी बिपरीत बुद्धी ऽऽऽऽबैलैमा त्याग
हे देशका बेक्म्बा सासकहरु हो !
रचना समय:- २३ जूलाइ ००९
सर्बाधीकार © २००९ बिष्णुनन्द चाम्लिङ्ग



