०९)संझनामा हरदम आयौ सपनीमा डाकेँ ।
भागीजान्छौ भनी तिमी परेलीले ढाकेँ ।
छाती भित्र राखेँ अनि दिएँ मुटु पनि,
सातै जुनि साथै काट्न देउराली भाकेँ ।
१०)
नदिनु थ्यो माया मैले नजानेर दिएँ ।
च्यात्यो छाती बैगुनीले बहपोख्दै सिएँ ।
झुट्टोमाया दिई स्वार्थलुट्ने रैछ बाँनी,
अतीतले सताउँदा आँशु झारी पिएँ ।
११)
देशको मुहार हेर्न यौटा ऐना खोज्दै छु म ।
खोली किनार हेर्न यौटा ऐना खोज्दै छु म ।
आफ्नै मुटुभित्र देशको नक्शा छ कि छैन,
दिलको दिवार हेर्न यौटा ऐना खोज्दै छु म ।
रचना समय:-१२ मे २०१०
तिमी भए अधेरीमा जून चाहिन्न काली
तिमी भए चिसोचासो ऊन चाहिन्न काली
आऊ काली गुनगुनाउँदै हृदयका कुराहरु,
तिम्ले गाय शब्दलाई धुन चाहिन्न काली ।।
६)
मरेका ती चाहनालाई चलाईदियौ किन?
अँध्यारोमा मनकोदियो बलाईदियौ किन ?
अञ्जानैमा मनको दूरी बढ्यो खै कसरी,
रगतले लेख्या पत्र जलाईदियौ किन ?
७)
संगितले झुम्मिएको मूहारमा तिमी
सितारको तारसँगै झन्कारमा तिमी
सबै देबी द्यौरालीको मै कसम खान्छु
अति राम्री लाग्छ मलाई संसारमा तिमी ।।
८)
जिन्दगीमा घाम तिमी जून पनि तिमी
जिन्दगीको गीत अनि धुन पनि तिमी
उपमा खै केके दिउँ तिमीलाई अरु ?
यो ज्यानमा बगिर’ने खून पनि तिमी ।।
रचना काल:- १२ नेभेम्बर २००९
कुनै ढोका यस्ता हुन्छन् धनले खोल्नु पर्ने
मनको ढोका भन्दा फरक घरको ढोका चाहिँ
चाबी हराए हल्ला गर्दै घनले खोल्नु पर्ने ।१।
मायाँ भन्ने कस्तो रै’छ होसमा लाउँनु पर्ने
स्पर्स भने प्रियसीलाई जोस्मा लाउँनु पर्ने
माया पिरती जिन्दगीको रै’छ परिभाषा
डेडो आँखा छोप्न कालो चस्मा लाउँनु पर्ने ।२।
मायामा नै प्रियसिको नोकर हुनु पर्दो रै’छ
सधैँभरि खुशी राख्न जोकर हुनु पर्दो रै’छ
चोखो माया चोखो प्रीति पाउँने चाह भए,
जिन्दगीमा सधैँ मनीमेकर हुनु पर्दो रै’छ ।३।
नेता खेल्न जान्या हुन्छन् मात्र कुर्सीसीत
जनतालाई ढाँट्न परे बोल्छन् फूर्तिसीत
ढाँटि छली खान्छन् सधैँ नेता भनाउँदाले
कुर्सी रोज्न सडक सदन धाउँछन् घुर्कीसीत ।४।
३० अक्टुबर ०९

