तिमी थियौ र म थिएँ
मायाँ दियौ र म जीएँ
साथ दियौ र संसार चिने
भन त
के गल्ती थियो मेरो ?
पीडा दियौ र आँशु पिएँ
छाडिगयौ सम्झनाका खातहरु
भोग्दै छु असैह्य घातहरु
आलै छन् तिम्रा स्पर्सका टाटाहरु
सभ्झनाले उप्काइ दिन्छन् बसेका ती खाटाहरु
देखाउँदै थियौ
जीवनका सुनौला बाटाहरु
तर
पल्टाइ दियौ अर्कै पाटाहरु
किन देखाउनु उज्वल भविश्यका आशाहरु ?
आखिर भोगायौ अन्धकार औँसीका रातहरु
आखिर किन ??
तिमी थियौ र म थिएँ
मायाँ दियौ र म जीएँ
साथ दियौ र संसार चिने
भन त
के गल्ती थियो मेरो ?
पीडा दियौ र आँशु पिएँ
अज म
हिँड्दै छु चर्किएको आशाहरु बोकि
म भित्रको म दुखीरहँदा
छाती ठोकीठोकी रुने गर्छु
अनि धिक्कार्छु तिम्रो स्वार्थी साथलाई
अचेल देख्न थालेकोछु
दिनैमा सपना
होऽऽ हो
आधा मरेको जिन्दगी
बाँच्न पनि त आधै बाँचेको छु
देख्छु आफ्नो चर्केको छाँया
अनि
आतालिन्छु कोकोहोलो एकान्तमा
तिमी थियौ र म थिएँ
मायाँ दियौ र म जीएँ
साथ दियौ र संसार चिने
भन त
के गल्ती थियो मेरो ?
पीडा दियौ र आँशु पिएँ
रचना समय: २८ जनवरी ००९
मायाँ दियौ र म जीएँ
साथ दियौ र संसार चिने
भन त
के गल्ती थियो मेरो ?
पीडा दियौ र आँशु पिएँ
छाडिगयौ सम्झनाका खातहरु
भोग्दै छु असैह्य घातहरु
आलै छन् तिम्रा स्पर्सका टाटाहरु
सभ्झनाले उप्काइ दिन्छन् बसेका ती खाटाहरु
देखाउँदै थियौ
जीवनका सुनौला बाटाहरु
तर
पल्टाइ दियौ अर्कै पाटाहरु
किन देखाउनु उज्वल भविश्यका आशाहरु ?
आखिर भोगायौ अन्धकार औँसीका रातहरु
आखिर किन ??
तिमी थियौ र म थिएँ
मायाँ दियौ र म जीएँ
साथ दियौ र संसार चिने
भन त
के गल्ती थियो मेरो ?
पीडा दियौ र आँशु पिएँ
अज म
हिँड्दै छु चर्किएको आशाहरु बोकि
म भित्रको म दुखीरहँदा
छाती ठोकीठोकी रुने गर्छु
अनि धिक्कार्छु तिम्रो स्वार्थी साथलाई
अचेल देख्न थालेकोछु
दिनैमा सपना
होऽऽ हो
आधा मरेको जिन्दगी
बाँच्न पनि त आधै बाँचेको छु
देख्छु आफ्नो चर्केको छाँया
अनि
आतालिन्छु कोकोहोलो एकान्तमा
तिमी थियौ र म थिएँ
मायाँ दियौ र म जीएँ
साथ दियौ र संसार चिने
भन त
के गल्ती थियो मेरो ?
पीडा दियौ र आँशु पिएँ
रचना समय: २८ जनवरी ००९
धन्यवाद दादा सुन्दर छ हजुरको कलमको कला ...हेर्दै छु ब्लग पनि अत्याधिक सुन्दर भएको छ /हजुरको मेहनत झल्किन्छ यहाँ /
दादा हजुर का रचनाले त यसै मन चोर्छन् अझ यो ब्लगले पनि मन चोर्दै छ !
दाजै का हर -सृजनाहरु एकदम राम्रा र मन मोहक हुन्छन, उक्त कविता "भन त के गल्ति थियो मेरो"? पनि उत्तिकै मन छुने छ, बिछोडको पिडामा रुमलिएर छटपटाई रहेको अवस्थामा मन मनै छोडी जाने आफ्नो मायालुलाई सोधी रहेको आभास हुन्छ!
हर- सृजना यसरी नै फुल्दै जाऊन् दाजैका,आगामी दिनहरुमा पनि हजुरका यस्तै मिठा रसिला सृजनाहरुमा हराई रहन पाउँ रमाई रहन पाउँ, हजुरलाई सदा -सदा हार्दिक शुभकामना!
प्राय सधैं गीत,गजल र मुक्तक मा आफुलाई सिद्द हस्त उपस्थित गराउने रुमानी सर्जक बिष्णुनन्द चाम्लिङ मेरो रोजाइ र खोजाइ का लेखक हुन् । यसो भनिरहदा म उहाँ प्रती सगर्व नतमस्तक हुने गर्छु - गरेको छु । उपरोक्त कविता को भावभूमी पवित्र प्रेमाशक्तिको आँचल मा यत्ती निश्छल पोखिएको छ , म मात्र किन हरेक प्रेमिल मुटु अनायास ढुकढुकाउन वाध्य हुन्छन् । कवितामै यत्ती गजब गीती लय भेटिनु अर्को उचो बिशेषता हो । यो कलात्मक शैलीका निम्ती पनि मर्माहत भएँ म । बधाई बिष्णु जी, यो उन्नत कलम कहिल्यै नथाकोस् है !