Avilable:- B,n. Pustak Sansar                  Sajha Pustak Vandar Antarmanko ChitraAuthor Name: Bishnunanda Chamling Price: HK$ 20.00

गजल- ६,मायाको जालरची ।




मायाको जालरची मुटु/मुटु साटेउ किन ?
प्रीतिको तार रेटी कुटु/कुटु काटेउ किन ?

पूर्णेको जून तारा सबै ल्याइ दिन्छु भनी,
औँसीको रात दिइ ढाँट्नसम्म ढाँटेउ किन ?

दुबैले एकैचोटी अब पाइला चालौँ भन्दै,
तिमीले छोडि गयौ भन सीमा नाघेउ किन ?

कसिलो पिरतीको डोरी पनि बाट्छु भन्दै,
थामेन माया कति त्यन्द्रो पोया बाटेउ किन ?

रचना समय: ११ जूलाइ ००९



फेसबूक मार्फत प्रतिकृया...

0 राय सुझाबहरु:-

Leave a Reply

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼

Copyright 2008 BISHNUNANDA CHAMLING All rights reserved Designed by PURWACHHA

Popular Posts