मेरो प्यारो गाउँ
म बसाइँ सरेको होइन
पुर्खाले सृजेको भूमि
खोला नाला
बनजङ्गल
भञ्ज्याङ्ग चौतारी र द्यौरालीहरु
अनि
बरपीपलका शीत्तल ती छहारी
यी सपै/सपै बिर्सेर
मेरो प्यारो गाँऊ
म बसाइँ सरेको होइन
त्यहीँको हावापानी
फलफुल, अन्न, कन्दमुल खाएर
खेतबारीका गह्राहरुमा
रचने, फुर्के र कथुरे भन्दै
मेलापात गरेको
देउसी भैली
अनि
उद्यौली उभौली साकेलामा शीली नाचेको बिर्सेको छैन
मेरा पितृहरु साँक्षी छन्
अझै पनि म भन्दैछु तिमीलाई
मेरो प्यारो गाऊँ
म बसाइँ सरेको होइन
बनपाखामा मृग मृगिनीहरुको लस्कर
कालिज र लैचेको बथान
चिर्बिर/चिर्बिर चराहरु
रङ्गीबिरङ्गी पुतलीहरु
इन्द्रेणी हेर्दै नृत्यमा मस्त ती मयूरहरु
अनि
सेताम्य फुलेका ती चाँप चिमल
रक्ताम्य फुलेका लालीगुराँस
भीर पाखामा फुलेका सुनाखरी
सुनगाभा
सयपत्री,मखमली,बेली र चमेली
यस्तै/यस्तै ..........
लाग्छ त्यो मेरो गाउँ स्वर्गकै एक टुक्रा हो
सुन्दर त्यो भूमिलाई बिर्सेर
मेरो प्यारो गाउँ
म बसाइँ सरेको होइन
समयको हुरीले
हुत्याएर प्रबासी बनायो
हरेक हण्डर खेप्दै परदेशी जीवन बिताइरहेछु
समयले निकै टाढा पुर्याएछ.........
ऐना हेर्दा पो थाह पाएँ !...............
अनुहार चाउरी पर्दै
निधारमा मेरै देशको नक्शा कोरिएछ
अनि
गालामा नापीले चटकै छुट्याए झैँ
म जन्मेको घुर्यान र करेसाबारी
आफ्नो जन्मभूमिलाई बिर्सेर
मेरो प्यारो गाँउँ
म बसाइ सरेको होइन ।
२५ जूलाइ ००९
म बसाइँ सरेको होइन
पुर्खाले सृजेको भूमि
खोला नाला
बनजङ्गल
भञ्ज्याङ्ग चौतारी र द्यौरालीहरु
अनि
बरपीपलका शीत्तल ती छहारी
यी सपै/सपै बिर्सेर
मेरो प्यारो गाँऊ
म बसाइँ सरेको होइन
त्यहीँको हावापानी
फलफुल, अन्न, कन्दमुल खाएर
खेतबारीका गह्राहरुमा
रचने, फुर्के र कथुरे भन्दै
मेलापात गरेको
देउसी भैली
अनि
उद्यौली उभौली साकेलामा शीली नाचेको बिर्सेको छैन
मेरा पितृहरु साँक्षी छन्
अझै पनि म भन्दैछु तिमीलाई
मेरो प्यारो गाऊँ
म बसाइँ सरेको होइन
बनपाखामा मृग मृगिनीहरुको लस्कर
कालिज र लैचेको बथान
चिर्बिर/चिर्बिर चराहरु
रङ्गीबिरङ्गी पुतलीहरु
इन्द्रेणी हेर्दै नृत्यमा मस्त ती मयूरहरु
अनि
सेताम्य फुलेका ती चाँप चिमल
रक्ताम्य फुलेका लालीगुराँस
भीर पाखामा फुलेका सुनाखरी
सुनगाभा
सयपत्री,मखमली,बेली र चमेली
यस्तै/यस्तै ..........
लाग्छ त्यो मेरो गाउँ स्वर्गकै एक टुक्रा हो
सुन्दर त्यो भूमिलाई बिर्सेर
मेरो प्यारो गाउँ
म बसाइँ सरेको होइन
समयको हुरीले
हुत्याएर प्रबासी बनायो
हरेक हण्डर खेप्दै परदेशी जीवन बिताइरहेछु
समयले निकै टाढा पुर्याएछ.........
ऐना हेर्दा पो थाह पाएँ !...............
अनुहार चाउरी पर्दै
निधारमा मेरै देशको नक्शा कोरिएछ
अनि
गालामा नापीले चटकै छुट्याए झैँ
म जन्मेको घुर्यान र करेसाबारी
आफ्नो जन्मभूमिलाई बिर्सेर
मेरो प्यारो गाँउँ
म बसाइ सरेको होइन ।
२५ जूलाइ ००९
ए दाइ । ती चरक्क चर्केका गराहरूमा लेड्कोरुपी मसाज गर्नु,माटोका डल्लारुपी एण्टी रिङकल क्रिम दलेर हिरो भएर बस्नु बिदेशमै । म सम्हाली हाल्छु नि गाउँका खेतीपाती । बरु लिनु पर्ने दिनु नपर्ने मान्छेका नाम भने पठाउँदै गर्नु है,म उठाई हाल्छु नि ।हाहाहा ।
दादा को कविता लाई सलाम दादा ....