Avilable:- B,n. Pustak Sansar                  Sajha Pustak Vandar Antarmanko ChitraAuthor Name: Bishnunanda Chamling Price: HK$ 20.00

गजल-५, भेट्नु थियो दोभानैमा ।

The Lincoln Lawyer: A Novelभेट्नु थियो दोभानैमा शीरतिर गयौ तिमी ।
साँगै जंघार तरौँ भन्दा तिरतिर गयौ तिमी ।

यात्रा थियो जिन्दगीको,उकाली ओह्रालीमा,
गोरेटोमा हिँडौँ भन्दा,भीरतिर गयौ तिमी ।

हावापानी मिलेन कि, मनचरी बहकियो ?
घरगाउँ शहर त्यागी मीरतिर गयौ तिमी ।

रचनाकाल:- ८ जूलाइ ००९
फेसबूक सञ्जालमा साहित्यिक कोसेली आदान प्रदानका क्रममा आदरणिय अग्रज स्रष्टा र समकालीन  सर्जक मित्रहरुले दिनु भएका यी अमूल्य राय सुझाबहरु आफ्नो सिर्जनासंग बराबरी माय गरेर गजलसँगै टाँस गरेर राखेको छु । 

    • Debu Sudama तीन सेरको गजल लेख्ने मान्यता फेसबुक जन्मिनुभन्दा धेरै पहिला देखि नै भएकाले ढुक्कसाथ लेख्नु भएहुन्छ बिष्णु जी र अर्को मिजाजी गजलको लागि यहालाई वधाइ छ..

    • Shrestha Subash पाँच शेरको गजललाई उत्कृष्ट मानिने भएपनि तीन देखि बाह्र शेर सम्म हुन्छ भन्ने मैलेपनि सुनेको हुँ। तर म भर्खर शिकारु परेँ, त्यसैले गजलको बारेमा त्यति ज्ञान त छैन। तीन शेरको छोटो गजल भएपनि सुन्दर अनि थोरै शब्दमा सम्पूर्ण जिन्दगीको वर्णन गर्न सफल हुनु भएको छ। सायद गजल भनेकोनै यस्तै होला थोरै शब्दमा ठूलो भाव अटाउन सक्ने। मकताको मिसरा-ए-सानी मा 'गयौ' हुनुपर्नेमा 'गायौ' भएको छ हेर्नुहोला एकचोटी।
      January 16 at 6:52pm

    • बिष्णुनन्द चाम्लिङ्ग प्रोत्साहनको लागि आभार ब्याक्त गर्दछु, देबु सुदम जी, सुबास जी, निराजन भाइ । सधैँ यस्तै माया र सादभावपूर्ण साथ पाइरहुँ । धन्यबाद ।
      January 16 at 6:55pm

    • Ananda Shrestha कस्ति रै छे ! परालको आगोमा जस्तै बन्दुक तेर्स्याएर बाङ्गिन्छेस् कि बाङ्गिन्नस् भने झैँ गर्नु पर्ने रै छ कि क्या हो ?! गज्जब छ दाइ ।
      January 16 at 6:58pm ·

    • बिष्णुनन्द चाम्लिङ्ग हा हा आनन्द भाइ तेसै गर्ने बेला भयो हौ ।
      January 16 at 6:58pm

    • Bhakti Prasad Paudyal काफियालाई शिरैतिर , तिरैतिर , भिरैतिर पार्दा खुल्ला ! मीरतिर मैले बुझिन । साँगै सँगै होला । उकाली र ओरालीको पार्दा लय मिल्छ । मख्तामा कसैले को सट्टा कसैसँग वा प्रियसँग पार्दा मात्र लय मिल्छ ।
      January 16 at 8:00pm

    • बिष्णुनन्द चाम्लिङ्ग Bhakti गुरु हजुरको सुझाबलाई सिरोपर गर्ने छु । "मीर" को अर्थ पर्बतको कुनै भाग, सागर हुन्छ । काफियाको खोजी गर्ने क्रममा यो अप्रचलित शब्दलाई प्रयोग गर्न पुगेको छु । गुरु बिना ज्ञान काहाँ ? धन्यबाद ।
      January 16 at 8:12pm ·

    • Bhakti Prasad Paudyal ठिकै छ त !
      January 16 at 8:17pm

    • बसन्त कुमार राई bishnu da sarai ramro gazal paskanu vo man lai chhoyo nirantarta ko kamana garchhu .....
      January 16 at 9:06pm

    • Indra Narayan Chongbang बिष्णु दाइ ; मेरो बिचारमा अझै एक सेर बाकी नै छन् ... किनकि म शास्त्रीय मान्यतालाई कदर गर्छु (कसैका व्यक्तिगत विचार भन्दा ).. गजल मक्ता सेर सेर बहुत गहिरा अर्थ बोकेका छन बिष्णु दाईको अनुभबी कलमका धारहरु ... मिठो गजलको लागि बधाई है दाइ
      January 16 at 9:10pm

    • Amar Sarobar तीन शेर मात्रै भएपनि चित्त बुझ्यो । एक शेर अरु भैदिएको भए झनै राम्रो हुनेथियो ।
      January 16 at 10:42pm

    • Sayama Rai haina daju gajal ta dhurandhar dhar nai po lekhanu thalnu vaye 6 ta dherai nai ramro6
      January 16 at 10:54pm

    • Hemant Paradeshi बेहद सुन्दर गजल । बधाई बिष्णु जी !
      January 16 at 10:56pm

    • अशोक पार्थिव तामाङ रसिलो र गेयात्मकता बोकेको गजल । हार्दिक बधाई, विष्णुनन्द जी !
      January 16 at 11:01pm

    • Mukesh Rai बिष्णुनन्द जि तपाईंको तीन शेरमा पूर्ण भाव र मिठास पाएँ मैले अनि उत्कृष्ट लाग्यो रचना ! संरचनागत यति नै हुनुपर्छ भन्ने बिषयमा मलाई पक्का थाहा छैन यसमा अन्य स्रष्टाहरुले अवश्यै केही लेख्नु होला, म पनि प्रतिक्ष्यारत छु !
      January 16 at 11:05pm

    • Ganesh Khadka गजल ३ देखी ३१ मिसरा सम्म लेख्न सकिन्छ भनेर गजल संरचनाको मेरो प्रारम्भिक अध्ययन मा बुझेको हुँ मैले । यसर्थ तपाईंको ३ शेर को गजल शतप्रतिशत पूर्ण छ बिष्णु जी । हुन त सटिक, छरितो र गेयात्मक सहजताको हिसाबले कम्तिमा ४ र बढीमा ८ शेरका गजल हरु लेखनको आम प्रचलनमा छन् । गजल लेखनको शास्त्रीय संरचनानुसार तपाईं शुद्द र पूर्ण हुनुहुन्छ । गजल उत्तिक्कै दमदार पनि छ । बधाई !
      January 16 at 11:41pm

    • Narayan Gaunle १८ वर्ष पुगेपछि नागरिकता पाउने नियम अस्थायी हो । खासमा जन्मिँदै मान्छे नागरिक हुन्छ । पाँच शेर पुगेपछि गजल मान्ने भनिए पनि लेख्न आँटेपछि गजल भइहाल्यो नि ।
      राम्रो लाग्यो !

      January 17 at 1:33am

    • Deeps Shah
      Narayan Gaunle १८ वर्ष पुगेपछि नागरिकता पाउने नियम अस्थायी हो । खासमा जन्मिँदै मान्छे नागरिक हुन्छ । पाँच शेर पुगेपछि गजल मान्ने भनिएपनि लेख्न आँटेपछि गजल भइहाल्यो नि ।
      राम्रो लाग्यो !"


      सुन्दर गजलको लागि सटिक प्रतिकृया मित्र नारायण जीको उक्त उदगार भन्दा अरु के होला!! उसै गरेँ मैले पनि ,बरु दोस्रो र तेस्रो शेरको ए उलामा मात्रा नपुगेको कि,,, अलिक लय खट्के जस्तो लाग्यो। बाँकी अत्युत्तम !!

      January 17 at 2:14am

    • फणिन्द्र शान्त मेरो मनमा पनि यिनै कुरा खड्किएको थिए जुन श्रदेय भक्ती सरले भनिसक्नु भयो । बिष्णु दाजु गजल एकदम राम्रोछ भक्ती सरको सुझाब मनन योग्य छ । मैले पनि ऐजन ऐजन गर्दिएँ ।
      January 17 at 3:12am

    • Yogendra Rai गजजमा कुनै सक छैन। कुरा कति शेर को? त्यो चै मेरो बिचारमा सङीत्कारलाई संगीत सजिलोको लागि चार शेर भन्दा काम हुनुहुदैन भनिएको हुनसक्छ। किन भने सङीत्कारले संगीत भर्दा स्थाई र अन्तराको कुराहुन्छ। त्यति बेला तीन शेरले अलिक अपुग भएको महसुस हुन सक्छ। गजल र लोक गीतमा फरक भएकोले पनि हुन सक्छ। कोहि रचना त पडेर पनि मज्जा लिना पर्ने हुन्छ। तिनै शेर भए नी गतिला छन्।
      January 17 at 3:37am

    • Bharat Poudel
      हावापानी बिसायौ कि,कसैले रिसायौ कि
      यसमा भाषगत त्रुटि छ दाइ सच्याउनु होला सँगै हुनपर्ने साँगै भएछ त्यलाई पनि हेर्नुहोला । अरु सबै दमदार छन, सुन्दर छन् । गजल लेखन ५ शेरको हुन्छ भन्ने सुनेको थिएँ तर जति शेरको भएपनि रुपरंग गजलकै भएपछि गजल भन्न क...See More

      January 17 at 12:21pm

    • Sita Subedi प्यारो गजल मन मनै मन पराएँ /
      January 17 at 1:07pm

    • Shreeram Gautam फितलो भावमा ५/७ वटा शेरहरु बनाउँनुभन्दा गहन र मार्मिक भावसहितका ३/४ वटा शेरहरु नै उत्तम जस्तै यो गजल !
      January 17 at 3:20pm

    • Ramesh Bhandari सुन्दर गजल, मेरो मान्यता पनि धेरै तर फितलो भन्दा थोरै तर दमदार हुनु पर्छ भन्ने छ, तर ३ सेरले नास्ता मात्र खाए जस्तो हुदो रहेछ, खाना खाए जस्तै हुन पाए झनै राम्रो.....होईन र ?
      January 17 at 7:26pm

    • Govinda Bhabuk तीन सेर मात्रै भए पनि गजलमा भने पूर्णता पाएँ। अलीकती मनमा खड्किएको कुरा थियो जो भक्ती सर ले पहिल्यै ब्यक्त गरी सक्नु भयो। बाँकी सुन्दर धन्यवाद बिष्णु जि, निरन्तरता को कामना।
      January 17 at 11:34pm

    • यश जि बेहिसाब मन पराएँ |मात्र मक्ताको 'मीरतिर' काफियाले ध्यानखिच्यो बिष्णु जी |शायद म आफुभने सकभर सुबोध्य काफिया खोज्ने भएरनै होला -अलिक बढी अनुदार रहन्छु | जय होस्
      January 18 at 2:36am

    • कल्पना गिरी भाबुक bisnu daai malai pani hajurko gajal khub man paryo ....nikai marmik ra man chhune chh...namaskaar..
      January 18 at 3:12am

    • Dalbir Singh Baraili 'Ghayal' बिष्णु जी तीन सेरको गजल नबन्ने त कुरै भएन पक्का गजल बनेको छ तर यहाँको खारिएको कलमबाट सिर्जना भएको यती राम्रो गजलको कमिकमजोरी देखाउँने हैसियत त म राख्दिन तर पनि मक्ताको सेरको मिसरा-ए-उलामा 'हावापानी बिसायौ कि,कसैले रिसायौ कि ?'अली स्पष्ट भन्न खोजेको कुरा बुझिन मैले । कोहिसँग रिसाउँनु पर्नेमा 'कसैले रिसायौ कि' भन्दा ग्रामेटिकल हिसाबले असुध्द भयो कि भन्ने मेरो सोझो सोचाइ मात्रै हो म गलत पनि हुन सक्छु अन्यथा नलिनु होला । यहाँले यो गजल वाचन गर्ने अवसर दिनु भएकोमा धेरै धन्यवाद !
      January 18 at 5:20am

    • Krishna P. Pandey Aafu le pesh gareko ra dina khojeko kura 3 sher mai pura vo bhanne laage aru taan-tun chaahinna thaan6u ma.vaab sasaktataa pradhan kura ,..ghazal mitho lagyo.
      January 18 at 2:10pm

फेसबूक मार्फत प्रतिकृया...

1 राय सुझाबहरु:-

  1. जति छोटो उति मिठो पो हुदो रैछ,जति चोटी बाचन गर्दानी अझै गरु लाग्ने अति सुन्दर गजल दादाको! यसरीनै मिठा मिठा सिर्जनाहरुको अपेक्षा गर्दै निरन्तरताको कामना!

Leave a Reply

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼

Copyright 2008 BISHNUNANDA CHAMLING All rights reserved Designed by PURWACHHA

Popular Posts