Tuesday, March 8, 2011, आज सबेरै फेसबूक सञ्जालमा भित्रिएँ । तुप्लुक्क च्याटबक्समा रातो अंक बलेको देखियो । मिलनसार मित्र हुँनुहुँदोरै'छ । यो लामोसमय पश्च्यातको भेट थियो। हामी दुबै जनाले च्याट बक्सको माध्यमबाट अभिवादन आदानप्रदान गर्यौँ । हालखबर सोधासोधमा दुबैले आराम कुसल रहेको कुरा एकआपसमा जानकारी गरायौँ ।
मित्रले उनको साहित्य लेखनबारेको कुरा सुनाउँदै गए ।.... मेरा रचनाहरुमा रहेका कमिकम्जोरीहरु देखाइदिनु हुनेछ भनी धेरै अग्रज स्रष्टाहरुलाई अंकित गर्नेगरेको छु । अनि अंकित गर्न नसकेका स्रष्टाहरुको प्रोफाइलको भित्तोमा भने मेरा रचनाका लिङ्कहरु टाँस गर्नेगरेको छु । अरु के लेख्दै थिए कुन्नि ?
बीचैमा मैले लेखि दिएँ.....होऽऽहोऽऽ तपैँका थुप्रै राम्राराम्रा रचनाहरु पढेको छु । मैले पनि जानेबुझे जतिका राय सुझाब र प्रतिकृया दिने कोसिस गरेको छु नि ....। मैले दिने प्रतिकृया कस्तो लाग्छ तपैँलाई ?? ........। मित्रलाई च्याटबक्सबाट सोधि पठाएँ ।
हुँनत हो ऽऽऽऽ उसले अल्छी मान्दै लेख्यो.. "प्रतिकृयाको लागि धन्यबाद.।" बिशेष खारिएका अग्रज स्रष्टाहरुबाट प्रतिकृया पाउँने ठूलो आशा लिएको हुँन्छु । कस्ता राय सुझाबहरु आउलान् भनेर घण्टौँ कुरेर बस्ने गरेको छु ।
मैले बीचैमा लेखिदिएँ.....किन त्यस्तो आतुरी नि ?? फुर्सदमा वहाँहरुले तपैँका सिर्जनाहरु हेरेर प्रतिकृया दिनु होला नि त ।
मित्रले लेख्नु भो ..अबत.. आशा छैन सर ...आश मरु ...नो होप।
मैले फेरि किन..... भनेर प्रश्न तेर्स्याएँ ।
जवाफ लेख्न निकै लामो समय लगाउँनु भो । म पर्खिरहेँ मित्रको प्रतिकृया के होला भनेर, मनमा कौतुहल्ता जागिरहेको थियो ।
इन्टर थिच्नु भएछ ....लेखाइ निकै लामो थियो । शूरुमै आँखा पर्यो, "म लिङ्ग परिवर्तन गर्दैछु" ... म अचम्भित भएँ ।
बाँकी लेखिएका वाक्यहरु म पढ्दै गएँ । मेरा रचनाहरु ट्याग गरिएको एकहप्ता बितिसक्दा पनि मात्र पाँचदेखि छ वाट लाईक बटन मात्रै थिचिएका छन् । तर..दशमिनेट अगाडि अंकित गरिएको रचनामा भने हेर्दाहेर्दै २५ वटा प्रतिकृया.....।
उनले लेखेका सबै बाक्यहरु पढिसकेँ । मित्रले के भन्न खोजेका हुँन,म एकछिन् घोरिएँ । (एकहप्तासम्ममा पाँच छ वटा लाईक बटन.... दशमिनेटमा २५वटा कमेन्ट)- मनमनै सोचेँ कि, उनले नयाँ कुनै रचना फेसबूक नोटमा हालेछन् ।
अनि मैले च्याट बक्समा लेखेँ । खै मलाई अंकित गर्नु भएन कि क्या हो ?? मैले त त्यस्तो केही देखिन त ??
च्याटबक्समा उसले लेख्दै गरेको संकेत मैले पाएँ । मैले सोधेका प्रश्नको जवाफको लागि म पर्खिरहेँ।
उनले जवाफ पठाए । " मेरो रचना हैन, एकजना महिला मित्रको रचनामा हो ।"
......उनले त्यो रचनाको लिङ्क पनि पठाएछ ।
धेरैजसो अग्रज स्रष्टाहरुले नारी हस्ताक्षर मात्र मनपराएको देखियो, त्यसैले अब म मेरो नामको लिङ्ग परिवर्तनगरि स्त्रीलिङ्गिए नाम राख्दैछु।"
*** समाप्त ***
८ मार्च २०११