थोत्रो भए गलबन्दी उधारे हुन्छ नि ।
गाँठो परे दिलैमा गुहारे हुन्छ नि ।
साँझ पख जहिले भट्टीमा हुन्छौ रे ।
मत्ति बिग्रे बिस्तारै सुधारे हुन्छ नि ।
यति मात्र हैन हौ बाँकी छ जिन्दगी,
प्याला त्यागी समय गुजारे हुन्छ नि ।
औँसी हो कि अँध्यारो हुँदैछ किन हो?
कालो कालो बादलु उघारे हुन्छ नि ।
रचना सयम: ११ जुन ००९
फेसबूक सञ्जालमा साहित्यिक कोसेली आदान प्रदानका क्रममा आदरणिय अग्रज स्रष्टा र समकालीन सर्जक मित्रहरुले दिनु भएका यी अमूल्य राय सुझाबहरु आफ्नो सिर्जनासंग बराबरी माय गरेर गजलसँगै टाँस गरेर राखेको छु ।
गाँठो परे दिलैमा गुहारे हुन्छ नि ।
साँझ पख जहिले भट्टीमा हुन्छौ रे ।
मत्ति बिग्रे बिस्तारै सुधारे हुन्छ नि ।
यति मात्र हैन हौ बाँकी छ जिन्दगी,
प्याला त्यागी समय गुजारे हुन्छ नि ।
औँसी हो कि अँध्यारो हुँदैछ किन हो?
कालो कालो बादलु उघारे हुन्छ नि ।
रचना सयम: ११ जुन ००९
फेसबूक सञ्जालमा साहित्यिक कोसेली आदान प्रदानका क्रममा आदरणिय अग्रज स्रष्टा र समकालीन सर्जक मित्रहरुले दिनु भएका यी अमूल्य राय सुझाबहरु आफ्नो सिर्जनासंग बराबरी माय गरेर गजलसँगै टाँस गरेर राखेको छु ।
- Govinda Bhabuk बिष्णु जि गजल सशक्त चेतना मुलक बनेको छ। निरन्जन जि को भनाइमा सहमति जनाए मैले पनि। 'नी' शब्द लाई काफियाको अगाडि राख्दा अझ राम्रो होला। हुन त मेरो पनि गलत सोचाइ हुन सक्छ। धन्यवाद छ यहाँ लाई। बाचन् गर्ने सु-अबसर प्रदान गर्नु भएकोमा, निरन्तरता को कामना।
- Yogendra Rai बिश्नुनन्दजी, खोइ! खोइ! मेरो नजरमा हजुरलाई मौका दिने ठाउ पाईन। हजुरबाट रचित रचनाहरु यति बिघ्न पडी सकियो। काही कतै भावमा तल माथि भए पनि शब्द संयोजनमा तपाईंको चतुराईलाई मान्दछु।गजल उत्कृष्ट र सालिन भएको छ। उक्त गजल सुधारिने समयले अर्को गजलको श्री गणेश होला भन्ने मित्रजीलाई ब्यातिग सुझाव छ। बाचन गर्ने मौका दिनु भएकोमा धन्यवाद र सुन्दर गजलको लागि बधाई छ।
- Indra Narayan Chongbang बिष्णु दाई ; गजल निपाती रदिफ प्रयोगले अर्कै मिठास भरेको छ ... अनुभबी कलमको यो प्रयोग अनि मिठो गजलको लागि बधाई है दाई सेवारो
- सुरेश नाचीज प्रत्येक कुरुपता(ठानिने)भित्र सुन्दरता , जीबनको संभाबना लुकेका हुन्छन-ले चुपचाप गजल मन पराएँ ।
- Debu Sudama बिष्णु जीको गजलहरूको बारेमा बोल्नुभन्दा पनि मलाई त "बिष्णुन्द चाम्लिङ् र गजल"एकै पर्याय हुनजस्तो लाग्छ....!
- Manu Lohorung मैले बारम्बार भन्ने गरेको कुरा नै यो गजलमा पनि पाएँ ! कि नयाँ काफिय खोज्नु र सोही बमोजिमको सुहाउँदिलो भावबोध पाठकलाई दिनु र बिष्णु नन्द नाम पर्यायवाची हुन् -ले सम्मान गरें !
- Shreeram Gautam कुरा खस्रै मीठो भने झै गजलले दिएको सुझाव पनि ठाडो पाराको भएपनि गहन छ । मीठो गजल !
- Ganesh Khadka सबै कुरा माथि नै आइसके अब मैले के बोल्नु पर्यो र ? बिष्णु जी गजल र मुक्तकका राम्रा शिल्पी हुन् भन्ने कुरा प्रमाणित भइसकेको छ धेरै पटक । यही सिलसिलामा यो एउटा अर्को मिठो सिर्जना । बधाई बिष्णु जी ।
- Narayan Gaunle बिष्णु दाइ गजलले परिपक्व पाएको छु। सारै उपदेशात्मक हुनाले थोरै कलात्मक्ता फितलो भएपनि समग्र प्रभाव र असर गतिलो छ । मैले सुन्दर गजलको कोटीमा राखेर पढें ।
- Bharat Poudel विष्णुदाइले यो गजल मार्फत मलाइ पो गालिगरेको हो कि के हो? हा हा हा राम्रो गजल दाइ ।
- TuFan ShAnta another sweet ghazal by Bishnu Nanda Chamling !! thank U for tag !
January 17 at 12:23am
- Shiva Prakash व्यस्तताले गर्दा फेसबुकबाट हराएको थिएँ, तर अहिले भेटिएँ । राम्रो लाग्यो । उपदेश पनि माने । अनि फेरी पनि पढ्ने अवसर पाउँ ।January 18 at 7:12am