बादलका थूङ्गाहरुसँगै
कावा खाने यो मन
बिदेशी भूमिका
अत्यस लाग्दा खोचहरुमा
अलस तलस
तातो हावा खानु परेको छ
शिशिरको घाम झैं पारिलो मन
चैतमासे उराठिला पलहरु सहनु परेको छ
डाँफे, मुनालसँग दोहोरी गाउँने मन
न्याहुली चरीसंगै
बिरह गाउँन थालेको छ
पाखा पखेरु
भञ्ज्याङ्ग चौतारीहरुमा नाच्दै हिँडने मन
घरदेश सझी
अब त सुस्ताउन थालेको छ
झरना छाँगासँग मितेरी लगाउँने मन
क्षितिज पारिको जूनलाई
एकाकार निहाल्न थालेको छ
आफ्नै गाउँ बेंसीमा रमाउने मन
बिरानो परदेश भोग्दै
एकान्तमा सुक्कसुक्क रुन थालेको छ ।।
रचना समय:०२ नोबेम्बर ०८
कावा खाने यो मन
बिदेशी भूमिका
अत्यस लाग्दा खोचहरुमा
अलस तलस
तातो हावा खानु परेको छ
शिशिरको घाम झैं पारिलो मन
चैतमासे उराठिला पलहरु सहनु परेको छ
डाँफे, मुनालसँग दोहोरी गाउँने मन
न्याहुली चरीसंगै
बिरह गाउँन थालेको छ
पाखा पखेरु
भञ्ज्याङ्ग चौतारीहरुमा नाच्दै हिँडने मन
घरदेश सझी
अब त सुस्ताउन थालेको छ
झरना छाँगासँग मितेरी लगाउँने मन
क्षितिज पारिको जूनलाई
एकाकार निहाल्न थालेको छ
आफ्नै गाउँ बेंसीमा रमाउने मन
बिरानो परदेश भोग्दै
एकान्तमा सुक्कसुक्क रुन थालेको छ ।।
रचना समय:०२ नोबेम्बर ०८
आज भोली यो कलम पनि कविता बिधा तर्फ निक्कै ससक्त हुदै छ /मन पर्र्यो दादा यो सबैको पीडा होला होइन त ??देश सम्झेर यो परदेशीको मन किन नरोला र ???
थोरै लेख्नु हुन्छ तर ढाँचा पुर्याएर शब्द बुन्नु हुन्छ कबिताका रुपमा।मार्मिक भावयुक्त कबिता ।
आफु जन्मी हुर्की खेलेको थात थालो भूलेर जीवन गुजारा खोज्ने बहानामा पराई माटोमा पसिना पोख्न विवस मन भित्र भित्र कती रुन्छ भन्ने कुराको ताजा प्रमाण । समस्त प्रवासी पिडा एकै मेलोमा प्रतिनिधित्व गरेर कविता गहिरो भावसँग निथ्रुक्कै भयो र साथमा म पनि । एउटा सर्जक ले भरसक सबै बिधामा आफुलाई उत्तिक्कै अब्बल राख्न सक्नु पर्छ । बिष्णुनन्द जी ले यो पनि नमूना देखाइ दिनु भयो । बधाई !