देशैबोक्छु भन्नेहरु पाइला गल्ती नचाल है ।
जनताको सम्पत्तीमा चोर्ने हात नहाल है ।
ढुकुटीमा आँखा तिम्रो सीमानामा वास्ता छैन,
मिचिँदैछ साँध किल्ला हेर्न आँखा पखाल है ।
देश माथि उठाउँने धेरै कसम खाएकाछौ,
भरोसाको भार थाम्न जिम्मेवारी सम्हाल है ।
जनताको सेवागरि जननेता बन्न सिक,
बिश्वासको धरहरा जनता माथि नढाल है ।
नदीनाला धमिल्याउँदै माछा मार्छन् मछुवाले,
पारदर्शी पानी बगोस मूलमै हिलो नफाल है ।
रचनाकालः २३ जूलाइ ००९
जनताको सम्पत्तीमा चोर्ने हात नहाल है ।
ढुकुटीमा आँखा तिम्रो सीमानामा वास्ता छैन,
मिचिँदैछ साँध किल्ला हेर्न आँखा पखाल है ।
देश माथि उठाउँने धेरै कसम खाएकाछौ,
भरोसाको भार थाम्न जिम्मेवारी सम्हाल है ।
जनताको सेवागरि जननेता बन्न सिक,
बिश्वासको धरहरा जनता माथि नढाल है ।
नदीनाला धमिल्याउँदै माछा मार्छन् मछुवाले,
पारदर्शी पानी बगोस मूलमै हिलो नफाल है ।
रचनाकालः २३ जूलाइ ००९
सास्त्रीय गजलको सिद्धान्तको साहारा लिने हो भने त हामीले बहरविना लेखेका गजलहरु गजल हैनन् रे तर समयसापेक्षाको हिसाबले हेर्ने हो भने यि लेखिएका गजलहरुलाई राम्रा गजल बनेको छ भन्ने लाग्छ। तर बिना बहर पनि भावकले दिने प्रस्तुती, बिम्बहरुको प्रयोग, शब्द छनौट, र त्यसको विन्यासमा मिहिनेत गर्नुपर्ने ठाउँ अहिलेका प्राय: गजल लेख्नेहरुले सुधार्नु पर्ने ठाउँ थुप्रै छन् । हुन न म भर्खरै गजलको अध्ययन गर्दै छु तर मैले भेटेका कुराहरु यिनै हुन्।