ठेस लागि लड्दा मौका छोपी समाएथेँ ।
बताउँन कत्ति गाह्रो मनका कुराहरु ?
नाचे जस्तै इसाराले चाहा बताएँथेँ ।
झर्नासरी केशराशी मुहार छोपी दिंदा,
लुकामारी खेल्दै खेल्दै कति सताएँथेँ ।
माया माथि विश्वासको मूना पलाए'सी,
मूना माथि फूलको रङ्ग भर्दै भगाएथेँ ।
रचना समय:- १९ जुन २००९
फेसबूक सञ्जालमा साहित्यिक कोसेली आदान प्रदानका क्रममा आदरणिय अग्रज स्रष्टा र समकालीन सर्जक मित्रहरुले दिनु भएका यी अमूल्य राय सुझाबहरु आफ्नो सिर्जनासंग बराबरी माय गरेर गजलसँगै टाँस गरेर राखेको छु ।
Nirajan Subu Luitel पूरानो संगालो सँग अंगालो मार्न पाउँदा मन पुलकित छ।धन्यवाद दादा।January 15 at 1:03pm
Yogendra Rai बिश्नुनन्दजी, धन्य मान्नु पर्छ तपाईका गजलहरु। पुरानो र नयाँको कुरा गर्दा केही समय अघि पडेका नयाँ गजल र अहिलेका पुराना गजलमा कुनै फरक पाउदिन। नत्र कति श्रजकहरु हिडिसकेका बाटो पछि फर्केर हेर्दा नाक खुम्चाउनु पर्ने हुन्छ। तर त्यो अवस्था तपाईंमा आएन। पुरान गजलहरु पनि उतिकै शान्दार छन्, जो नयाँ गजलमा छन्। यो गजल पनि उत्तिकै शानदार र शालिन लाग्यो। बाचन गर्ने मौका दिनु भएकोमा धन्यवाद छ, अनी सुन्दर गजलको लागि श्रजकलाई बधाई छ।January 15 at 1:28pm
Shrestha Subash विष्णुनन्द सरको पुराना पुराना गजलहरुको साथमा आनन्द लिदैछु। यसरीनै हजुरको पुराना रचनाहरु बाँड्दै जानुहोला। धन्यवाद यहाँलाई।
Shreeram Gautam शुरुवातमै यस्तो परिपक्क बहाव छ भने अझ अहिलेका गजलले किन मन् नलोभ्याउन् ! दमदार लाग्यो सर !January 15 at 2:36pm
अनन्त लम्साल Shreeram Gautam शुरुवातमै यस्तो परिपक्क बहाव छ भने अझ अहिलेका गजलले किन मन् नलोभ्याउन् ! दमदार लाग्यो सर !मैँले बोलीमा लोली मिलाएँ है !!
Indra Narayan Chongbang बिष्णु दाई- गजल बहुत जमेको छ मनोविज्ञान भरि कुदिएका मिठा शब्द चित्र भरि गुलाबको रंग भरिएका छन् .. यति मिठो भाब हामी लाई पनि सिकाउनु पर्यो दाइ सेवारो
फणिन्द्र शान्त बिष्णु दाजु,,, हजुरका गजलले भुतुक्कै पार्ने गर्छ हेरेको हेर्यै हुन्छु भनेको । मतलाको मिसरा ए सानीमा मौका हुनु पर्ने एक धर्को कमि छ । हजुरका शुरुका गजल यसरी रिफ्रेस रुपमा देख्न पाउँदा सारै खुसी लागेकोछ ।
Govinda Bhabuk मैले पनि बेहिसाब मन पराएँ बिष्णु जि, प्रगतिको शुभकामना साथै ह्याप्पी माघे संक्रान्ति।
Amar Sarobar जून तारा तिम्रै नाउँमा भन्दै फकाएँथेँ ।...प्रेमिकालाई फकाउने आइडिया त बिष्णु जी सँग पो सिक्नु पर्ने रहेछ हे! हे !! ठट्टा मात्रै गरेको है । सुन्दर शालिन अनि मिठो गजल ! बधाई तथा धन्यबाद बिष्णु जी ।
Karun Thapa खारिएका कलमलाई के भनूँ । अति राम्रो । यस्तै भावको मेरो एक शेर-तिम्रो हात समाउने एउटा निहुँ पाउँथें मैले
उकालीमा तिमीसँग हिंड्दा खुट्टा गले हुन्थ्यो ।January 16 at 10:09am
Mukesh Rai बिष्णुजीले प्रेमिल भावका यावत कुराहरुको अनुभूतिलाई नढाँटी नै मनोरम शब्द शैलिमा प्रस्तुत गर्नु भो, मलाई यति मिठो प्रस्तुती मन पर्यो !January 16 at 10:42pm











सबै शेर उत्कृष्ट लागे । धन्यवाद बाँड्नुभएकोमा !