Avilable:- B,n. Pustak Sansar                  Sajha Pustak Vandar Antarmanko ChitraAuthor Name: Bishnunanda Chamling Price: HK$ 20.00

गजल- १,धिकार्न खोज्छौ किन ?

पोल्दा छाती रसाएछु धिकार्न खोज्छौ किन ?
बाँकी आँशु दुई थोपा निखार्न खोज्छौ किन ?

गर्दै छु म मलमपट्टी पुरानो चोट माथि
दुःख्छ सधैँ दुःख्ने ठाउँ चिथार्न खोज्छौ किन ?

अञ्जानैमा चोट लाग्यो कलिलो मुटुभरि
चोट दिने त्यही भाला तिखार्न खोज्छौ किन ?

जिन्दगीको जंघार तर्ने पुलेसो हाल्दै थिएँ,
सघाउँछु भन्दै तिमी बिगार्न खोज्छौ किन ?

रचनाकाल:- ४ फेब्रुवरी ००९

फेसबूक सञ्जालमा साहित्यिक कोसेली आदान प्रदानका क्रममा आदरणिय अग्रज स्रष्टा र समकालीन  सर्जक मित्रहरुले दिनु भएका यी अमूल्य राय सुझाबहरु आफ्नो सिर्जनासंग बराबरी माय गरेर गजलसँगै टाँस गरेर राखेको छु ।
  • Mukesh Rai मलाई त उत्कृष्ट लाग्यो गजल बिष्णु जि खै गल्ती, कमी कम्जोरीको सुझाव त अग्रजहरु बाट आउलान भन्ने आशा राखेको छु है मैले नि !
    January 14 at 1:19pm 
  • Bharat Poudel धिकार्नलाई धिक्कार्न गर्नुपर्ला दाइ । चिथार्न भन्ने शब्द अलि प्रयुक्त हैनकि जस्तो लाग्छ यद्यपी मपनि कन्फ्यूज छु चिथोर्न सहि हो जस्तो लाग्छ । अरु सबै दमदार छन् दाइ । हुन त अग्रज गुरुहरु ट्यागमा हुनुहुन्छ वहाँहरुको विचार सुन्नु नै हाम्रो मार्गदर्शन हो । पहिलो गजल नै यति दमदार दाइ ? पुरानो बधाइ है हा हा हा ।
    January 14 at 1:30pm 
  • चकेन्द्र राई साहित्यको अबोध यि मेरो आँखाले हेर्दा "धिकार्न खोज्छौ किन" ? गजल मा कुनै खोट छैन । जीवन प्रती आशाबादी गजलले जीवनले सधैं सधैं सकारात्मक बाटो को खोजी गर्नु पर्छ भन्ने मुख्य आशय ब्यक्त भएको पाए । ट्यागको लागि आभारी छु , मिठो लाग्यो ,राम्रो लाग्यो , उत्कृष्ट लाग्यो हजुरको गजल !!
    January 14 at 1:53pm
  • Hemant Paradeshi राम्रो लाग्यो बिष्णु जी । धन्यबाद ।
    January 14 at 1:55pm 
  • Nirajan Subu Luitel सुन्दर छ दादा गजल।।
    January 14 at 2:18pm
  • Dalbir Singh Baraili 'Ghayal' छिया-छिया भएको आत्मले फेरी केही गरौं भन्दा पुन: बाधा अड्चन खडा गर्न खोज्नेहरुलाई लक्ष्य गरी लेखिएको गजलका सेरहरु निक्कै खँदिलो र उत्कृष्ट छन । अरु धेरै भनिन । बधाई छ बिष्णु जी !
    January 14 at 2:19pm 
  • अशोक पार्थिव तामाङ
    गजल दमदार छन् विष्णुनन्द जी !,
    "धिक्कार्नु" भन्ने शब्द आफूले आफूलाई गल्ती महसुस भएमा गाली गर्नु वा पछुताउको बोली हो जस्तो लाग्छ। यहाँ अरूले आफ्नो लागि भनिएको कुरा जस्तो छ त्यसर्थ त्यो त गाली वा सराप हुन सक्ला त्यसैले एक चोटी शब्दकोष हेर्नुह...ोला । धन्यवाद ।
    January 14 at 2:41pm 
  • Darlami Tibbat मैले त कुनै खोट पत्ता लगाउन सकिन । सर्बाङ्ग मन पराएँ ।
    January 14 at 3:37pm 
  • यश जि माफ गर्नुहोला चम्लिङजी कमिकम्जोरि औल्याईदे भन्नुभएको रहेछ, सकिन | खोट् रहितको गजल भन्न रुचाएँ | जय होस्
    January 14 at 4:09pm 
  • Bhakti Prasad Paudyal गजल शैली र संरचनाका दृष्टिले निकै स्तरीय छ । मतलाको समग्र भावमा काफियाका कारण एकछिन अलमल्यायो , तर राम्रै लाग्यो । चिथार्न शब्द मानक नेपालीमा चिथोर्न हुन्छ ता पनि पूर्वी पहाडी भेगको स्थानीय लवजमा चिथार्न पनि प्रयोग गरिन्छ ।
    January 14 at 4:29pm via Facebook Mobile
  • फणिन्द्र शान्त आहा बिष्णु दाजु , यती मिठो सबै पक्षबाट उत्तम गजललाई सुधारको ठाँउ नै देखेन है यो सिकारुले । काफियाको बनावट अनि शब्द चयन अनि लयगत प्रस्तुती अनि सेर सेरमा मिठास खै के भनुँ म । सबैव यस्तै गजल लिएर आउनुस है सर ।
    January 14 at 4:40pm
  • अनन्त लम्साल सिक्दैबेलाका रचनाहरुमा स्वभावैले कमि-कमजोरी हरु त हुन्छन् नै,तर तपाईको यो गजलमा भने त्यस्तो लागेन। भक्ति गुरुले भन्नुभएको मत्लामा अल्मलिएको भावको सवालमा भने मेरो पनि अल्मल्याई छ।
    January 14 at 5:26pm
  • सुरेश नाचीज : पहिलोपटकमा नै यति स्तरिय गजल लेख्नुभएको रहेछ ।
    January 14 at 5:33pm via Facebook Mobile
  • Yogendra Rai मित्र बिश्नुनन्दजी तपाईंको रचनामा खोट पाउन सजिलो छैन। गजल काब्यात्मक लयात्मक द्रिस्टिकोणले भब्य र सालिन लाग्यो। बाचनको लागि मौका दिनु भएकोमा धन्यवाद छ अनी स्तरिय श्रिजनाको लागि बधाई छ।
    January 14 at 5:54pm 
  • जीतु खड्का गाँउले
    गजल सुन्दर र मिठो छ हुन त हजुरको गजल लाई मुल्याङ्कन गर्न सक्ने योग्यता त म सँग छैन ताइपनी
    कही खोट लाउने हिम्मत गरिन सानो मान्छे सानो सुझाब दिन्छु है त
    दोस्रो सेर
    गर्दै छु म मलमपट्टी पुरानो चोट माथि
    दुःख्छ सधैँ दुःख्ने ठाउँ चिथार्न खोज्छौ किन... ?

    यहाँ
    गर्दै छु म मलमपट्टी पुरानो चोट माथि
    दुःख्छ सधैँ आलो घाऊ चिथार्न खोज्छौ किन ?
    यसो गर्दा कसो होला अझ मिठास हुने थियो कि ?
    January 14 at 5:55pm 
  • Starhang Bantawa 'jalan' बिष्णु दादा ज्यु मत सिकारु चेला परे हजुर हरु को त्यही भएर हजुर को गजल लाई केही खोट लगाउने हिम्मत गरिन मैले।दादा फेरि गजल आफैँमा सशक्तछ दह्रो भावछ अनि चोटिलो मीठासपूर्ण बनेकोछ। दादा हजुरलाई धन्यबाद मिठो गजल पढेर आनन्द को साथै केहि सिक्ने मौका दिनु भएकोमा। जदौ आउदा जादा लाउला पिरति ......."झुत्रेजेठा"
    January 14 at 6:18pm 
  • Deeps Shah लयमा कतै कतै लर्बर भएजस्तो लागे पनि मैले चुपचाप् मन पराएँ बिष्णु जी हजुरको गजल।
    January 14 at 7:40pm
  • Shrestha Subash गजल लेखनको पहिलो प्रयासमा यति दमदार गजलको साथमा शुरु गर्नु भएको रहेछ र पो हजुरको कलमबाट आजभोलि पनि हामीले मीठा मीठा गजलहरु वाचन गर्न पाईरहेका छौ। मेरो अरु भन्ने कुराहरु त केही पनि छैन। सधैको जस्तै चुपचाप मन पराएँ।
    January 14 at 8:05pm ·
  • Indra Narayan Chongbang बिष्णु दाई , पहिलो प्रयास केहि परिमार्जन अनि ससक्त प्रस्तुति बहुत मन छोयो .. काव्यिक सचेतता भरि शब्द बुनौट प्रसंसनिय रहेछन पहिलो प्रयास लाई हार्दिक बधाई है ... सेवारो
    January 14 at 9:26pm ·
  • Govinda Bhabuk पहिलो पटक लेख्नु भएको भएपनि निक्कै आशा बादी बनेको छ गजल,लेख्दै जानुस्। कम्जोरी हरु आफै पाखा लाग्छन। बाचन् गर्ने अब्सर प्रदान गर्नु भएकोमा धन्यवाद बिष्णु जि,निरन्तरता को शुभकामना पनि।
    January 14 at 10:13pm ·
  • मुसाफिर काका मिठो गजल बिष्णु जि । पहिलो गजलको मर्म बुझ्दा गजल लेख्नै पर्ने हुनुभएको रहेछ । धन्यवाद ति मायालाई .. हामीलाई यती मिठो गजल दियो .. हे हे हे । धन्यवाद बिष्णु जि ।
    January 15 at 2:02am 
  • Swopnil Pramesh ‎.
    यो त सुनारको सय चोट लोहारको एक चोट भने जस्तो पो भयो बिष्णु जी !!! पहिलो पटकमै यस्तो भएपछि अरु कस्ता हुनेहुन ? बधाई छ यहाँलाई । अनी "चिथार्न" शब्द ले चाँही केहीबेर चिथोरी रह्यो !!!
    January 15 at 9:18am ·
    रविन्द्र दिखुक्पा Dai Old is gold
    January 15 at 9:46am
  • Dilliraman Gautam मिठो छ बिष्णुजी !
    January 15 at 11:27am · 
  • गजल संवन्धी बहस बिष्णु जीको मिठो गजलले मनलाई नचिथोरीकन राख्नै सकेन । सुन्दर शब्द तथा बिम्बले सजिएको गजलका लागि सर्जकलाई बधाई छ । केही वर्ण विन्यास वाहेक अरु दोश लगाउने ठाउँ छैन । सक्नु हुन्छ भने चिथार्न शब्दलाई परिवर्तन गर्नुहोस । अर्कै काफिया खोज्नु होस । झ नै सुन्दर तथा दोश रहित वन्न सक्छ । गजलकारिताको सफलताको कामना गरेँ है ।
    January 15 at 12:29pm · 
  • Purbeli Sathi दाजै बिष्णु यहाँको सिर्जनाको फूलहरु मलाई त सबै सुन्दर लाग्छ । र त्यही कोटिमा पर्छ यो गजल पनि ।
    January 15 at 3:25pm ·
  • Ganesh Khadka गजल मिठो लाग्यो मलाई त । बिष्णु जी शब्द केलाएर टिप्ने सर्जक हुन्, यो पक्ष झन् मन पर्छ मलाई । बधाई ।
    January 15 at 6:50pm ·
  • Chandra Gharti Magar
    हरेक शेरले गजललाई अर्थपूर्ण बनाएका छन तै पनि अझ मैले त दोस्रो शेर नै गजलको आत्मा हो कि भन्ने ठानेँ ।
    गर्दै छु म मलमपट्टी पुरानो चोट माथि
    दुःख्छ सधैँ दुःख्ने ठाउँ चिथार्न खोज्छौ किन ? ...दुख्दा दुख्दै पनि वा..वा भन्न मन लाग्यो । बधाई छ ।
    January 15 at 8:14pm ·
  • Anurag Rana गर्दै छु म मलमपट्टी पुरानो चोट माथि
    दुःख्छ सधैँ दुःख्ने ठाउँ चिथार्न खोज्छौ किन ?

    रन्थनिए भो एकछिन त,सदा झैँ उत्कृष्ट मन छुने भाव !!
    January 15 at 11:14pm ·
  • Sabin Singh गजल राम्रो छ । चिथोर्न कि चिथार्न?? एकपटक पुनर्विचार गर्ने हो कि विष्णुजी??
    January 16 at 11:40pm ·
  • Shiva Prakash जिन्दगीको जंघार तर्ने पुलेसो हाल्दै छु म,
    सघाउँछु भन्दै फेरि बिगार्न खोज्छौ किन ?
    अमानवीय मानवीय चरित्र ।
    January 18 at 7:13am 

फेसबूक मार्फत प्रतिकृया...

0 राय सुझाबहरु:-

Leave a Reply

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼

Copyright 2008 BISHNUNANDA CHAMLING All rights reserved Designed by PURWACHHA

Popular Posts